सीजीले घोषणा गर्‍यो दायुनको मूल्य

काठमाडौं । दायूनको युएहु मोडलको मूल्य सार्वजनिक भएको छ । आधिकारीक बिक्रेता सीजी मोटर्सले युएहु मोडलको मूल्य ३१ लाख रुपैयाँ घोषणा गरेको हो ।

कम्पनीका अनुसार दायुन युएहु नेपाली बाटोलाई सुहाउँदो माइक्रो एसयूभी हो । यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने दावी गरिएको कारमा डीसी चार्जर दिएको छ । यसमा चार्जर भने जिवीटी लाग्छ । सिजीले आफ्नो चार्जिङ नेटवर्कको भरपुर प्रयोग गर्न जिबीटी चार्जर हालेर ल्याएको हो ।

सीजीले दायुन युएहुमा रहेको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी दिएको हो ।

दायुनको कम्प्याक्ट कारको मुख्य विशेषता मध्येको एक ग्राउन्ड क्लियरेन्स हो । यसमा २०१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, इबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्स छन् ।


Back_to_top