काठमाडौं । एप्पलले निर्माण गर्ने भनेको स्वचालित गाडी निर्माणले खासै तिब्रता पाउन सकेको छैन ।
एप्पलले बनाउने भनेको स्वचालित कार लामो समयदेखि हल्लाको रुपमा फैलिरहेको छ ।
कम्पनीले अहिलेसम्म इन्टरनेटमा गाडीसँग सम्बन्धित रहेको डोमिन मात्रै दर्ता गरेको छ । र आगामी २ बर्ष भित्र कार निर्माण गरिसक्ने बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले जानकारी दिएका छन् ।
यस्ता स्वचालित कारको बिषयमा एक बर्ष अगाडि एप्पलका प्रवक्ताले अमेरिकाको नेस्नल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनलाई पत्र लेख्दै स्वचालित गाडीको परीक्षण सम्बन्धी नियममा धेरै परिवर्तन नगरिदिन भनेका थिए ।
संभबत कम्पनीले सन् २०२० को सुरुवातमा यस्तो कार बजारमा ल्याउने छ ।

