काठमाडौं । बजाज थ्री ह्वीलरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड उपहारसँगै स्वरोजगार’ योजना ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकले बजाजका तीन पाग्रे सवारी साधनको खरिदमा ३२ इन्चको हिमस्टार एलइडी टेलिभिजन वा समासङ ग्यालेक्सी एफ २२ स्मार्टफोन प्राप्त गर्नेछन् ।
बजाजको तीनपाग्रे खरिद गरेर युवाहरुलाई स्वरोजगार बन्न लागि प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले राखेको जनाएको छ । कम्पनीले बजाज म्याक्सिमा सी र बजाज आरइ बीएस ६ को एलइडी टीभी वा सामसङ स्मार्ट फोन निःशुल्क उपलब्ध गराउने अफर ल्याएको हो ।
यो योजनाको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक, अभिमन्यु गोल्छा भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सीमा सी र आर बीएस ६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’
यो ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ योजना सिमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

