काठमाडौं । लेक्ट्राे इलेक्ट्रीक साइकलले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व लक्षित गरेर नगद छुटसहितको स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले हरेक लेक्ट्राे ब्राण्डको इलेक्ट्रीक साइकलको खरिदमा ग्राहकले नगद ८ हजार रुपैयाँसम्म छुट पाउने जनाएको छ ।
लेक्ट्राेको ५ वटा शोरुममा यो स्कीम लागू हुने कम्पनीले जनाएको छ भने केही समयका लागि मात्र यो स्कीम उपलब्ध हुनेछ ।
निम्वस इन्टरनेशनलले केही समय अगाडि भारतीय इलेक्ट्रीक साइकल ब्राण्ड लेक्ट्रा नेपाल भित्र्याएको थियो ।
लेक्ट्राे भारतमा लोकप्रीय इलेक्ट्रीक साइकल ब्राण्ड हो । यसमा हिरो ग्रुपको समेत लगानी रहेको छ भने, हिरो लेक्ट्रो ब्राण्डको सीइओमा आदित्य मुन्जाल रहेका छन् ।
निम्वस इन्टरनेशनले नेपाल ल्याएको सी-३ मोडलको मूल्य ७५ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गर्न लागेको छ । त्यसैगरी सी-५ मोडलको ८० हजार ९००, सी-६ मोडलको ९० हजार ९००, सी-७ मोडलको ९० हजार ९०० र सी-७ प्लसको ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
साथै, कम्पनीले सी-८ मोडलको ९५ हजार ९००, सी-८ आई मोडलको १ लाख ४ हजार ९०० र सि-९ मोडलको १ लाख २२ हजार ९०० रुपैयाँ र एफ-६ आई मोडलको १ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले नेपाल भित्र्याएका यी साइकलहरुमा २५० वाटको लिथियम आयन ब्याट्री रहेको छ । यी साइकलहरु एक पटकको फुलचार्जमा ३० देखि ६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । साथै, प्याडल गरेर पनि यी साइकल चलाउन सकिन्छ ।

