अटो शोमा सुजुकी जिक्सरको मोटोजीपी एडिसन सार्वजनिक हुने

काठमाडौं । नाडा अटो शो २०१९मा सुजुकी टुह्वीलरले जिक्सरको मोटोजीपी एडिसन सार्वजनिक गर्ने भएको छ । कम्पनीले जिक्सर १५० र २५० को मोटोजीपी एडिसन सार्वजनिक गर्ने भएको हो ।

अटो बिक्रेता कम्पनीको सबैभन्दा ठूलो अटो मेला नाडा अटो शोको १४ औं संस्करण सुरु हुन मात्रै पाँच दिन बाँकी छ । यस्तोमा कुन कम्पनीले कस्तो प्रडक्ट ल्याउने छ भन्ने चर्चाले अटो बजार तातेको छ भने अवलोकनकर्ता नयाँ के देख्न र किन्न पाईन्छ भनेर बसेका छन् ।

सुजुकी भिजिलेले नेपाल ल्याउन लागेको सुजुकीले जिक्सर २५० मोटोजीपी एडिसनमा सिंगल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिन रहेको छ । उक्त इन्जिनले २५ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसमा ६ स्पीड ट्रान्समिसन दिइएको छ । डबल च्यानल स्ट्यान्डर्ड एबीएसका साथ आएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

त्यसैगरि, जिक्सर १५० को मोटोजीपी भेरियन्ट पनि नाडा अटो शोमा प्रदर्शन गर्न लागिएको सुजुकी भिजिले जानकारी दिएको छ । नयाँ जिक्सरमा आकर्षक एलइडी हेडल्याम्प, नयाँ फ्युल ट्यांक, जिक्सर प्रिन्ट नयाँ ग्राफिक्सको विशेषता दिइएको छ भने १२ लिटरको इन्धन ट्यांकी रहेको छ । 

बाइकमा स्पीलिट सिट, ब्ल्याक आउट अलोय ह्वील, रेड स्ट्रेपलगायतको डिजाइन परिवर्तन गरिएको छ । जिक्सर १५० मा दिइएको १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ ।

अन्य ४ नयाँ मोडल पनि आउने

कम्पनीले नाडा अटो शोमा मोटा जिपी एडिसनको अलावा जिक्सर १५० र २५० को नेकेड र एसएफ दुबै मोडल सार्वजनिक गर्नेछ ।


Back_to_top