फक्सवागनले १.० लिटर इन्जिनमा सस्तो एसयूभी ल्याउने

फक्सवागन मोटर्स कम्पनीले कम मूल्यको एसयूभी टी क्रसको नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ । उक्त कुराको पुष्टी कम्पनीले एसयूभीको स्केच जारीसँगै भएको हो । 

कम्पनीले उक्त एसयूभीको उत्पादन साउथ अमेरिकामा गर्ने भएको छ । संभवत उक्त मोडलको नाम टी स्पोर्ट रहने अन्तर्राष्ट्रि अटो मिडिया अटोकारले उल्लेख गरेको छ । साथै, एसियाली बजारलाई समेत ध्यानमा राखेर कम्पनीले यसको उत्पादन ब्राजिलमा पनि गर्ने छ ।

कम्पनीले यो गाडीलाई उदयिमान बजारमा मात्रै बिक्री गर्ने घोषणा गरेको छ । यसको मतलव यो गाडी ब्राजिल, रसिया, चीन र भारतजस्ता देशमा बिक्री वितरण हुने छ । कम्पनीले यो गाडी यूरोपियन बजारमा पनि बिक्री गर्न सक्ने जनाइएको छ ।

फक्सवागनको एमक्यूबी एओ प्ल्याटफर्ममा बन्ने यो एसयूभीमा १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.६ लिटर पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिन पोलो जीटीबाट लिइएको हो । 

५ स्पीड म्यानुयल गियरबक्सको अलावा ५ स्पीड डिएसजी डिउल क्लच अटोमेटिक गियरबक्स जडान हुने छ । साथै, केही बजारमा भने ६ स्पीड टर्क कन्भर्टको साथमा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

फक्सवागन समूहले भारतमा हुने २०२० अटो एक्स्पोमा भने नयाँ मोडल टी क्रस सार्वजनिक गर्नेछ । यस्तोमा टी क्रस स्पोर्टको कन्सेप्ट सार्वजनिक हुन सक्ने अनुमान लगाइएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । 


Back_to_top