टाटा मोटर्सले भारतीय बजारमा नेक्सनको क्राज एडिशन सार्वजनिक गरेको छ । नयाँ कलर अप्शनसँगै आकर्षक फिचरमा आएको क्राजको म्यानुअल भर्सनको मूल्य ७ लाख ५७ हजार र क्राज प्लस एएमटीको मूल्य ८ लाख १७ हजार भारु निर्धारण गरिएको छ ।
क्राज एडिशनमा आकर्षक ग्रिल, आउट साइड रियर भ्यु मिरर, क्याबिन अपहोलस्ट्रीक जस्ता विशेषता समेटिएको छ ।
यसमा रहेको हर्मन कार्डन अडियो सिस्टम, ब्ल्युटुथ कनेक्टीभिटी, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट जस्ता फिचरले गाडीलाई निकै प्रिमियम बनाएको छ ।
यी फिचरको अलावा कम्पनीको पहिलो सबफोर मिटर एसयूभीमा डबल फ्रन्ट एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, हाइस्पीड अलर्ट सिस्टम जस्ता फिचर रहेको जनाइएको छ ।
कारमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
नेक्सनको क्राज एडिशन १.२ लिटर टर्बाे पेट्रोल र १.५ लिटर टर्बाे डिजेल इन्जिनमा आएको छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स दिइएको कम्पनीले जनाएको छ ।
यसमा उपलब्ध पेट्रोल इन्जिनले ११० हर्ष पावरका साथै १७० एनएम टर्क उत्पादन गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ ।


