काठमाडौं । दुई दिन अगाडि मात्रै ड्यूक ७९० सार्वजनिक गरेको अष्ट्रियाको स्पोर्ट मोटरसाइकल निर्माता कम्पनी केटीएमले पुनः एक वर्ष भित्र पाँच नयाँ मोटरसाइकल सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीले आगामी १२ महिना भित्र ब्रान्ड न्यू र रेगुलर मोडलको परिमार्जन गरि पाँच नयाँ मोटरसाइकल सार्वजनिक गर्ने बताएको हो । कम्पनीका अनुसार केटीएम एड्भेन्चर ३९०, उक्त अवधि भित्र सार्वजनिक हुने मोटरसाइकलमा पर्छ ।
केटीएमका मोटरसाइकलस्पोर्टी लुक्स, आकर्षक डिजाइन, आधुनिक विशेषताका कारण चर्चामा आउने गर्छन । कम्पनीले उच्च पफर्मेन्सको मोटरसाइकल रुचाउने ग्राहकको संख्या बढ्दै गएको कारण नयाँ मोटरसाइकल ल्याउने योजना बनाइएको जनाएको छ ।
साथै, सो अवधि भित्र केटीएम आरसी ३९०, केटीएम १०५० लगायतका नयाँ बाइक ल्याउने अनुमान लगाइएको छ । दुई दिन अगाडि मात्रै सार्वजनिक भएको नेकेड भर्सनको ड्युक ७९० कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल हो । ड्युक ७९० मार्फत मार्केट सेयर बढ्ने अपेक्षा राखेको केटीएमले सुपर प्रिमियम सेग्मेन्टका बाइकको बढ्दो मार्केटलाई मध्यनजर गर्दै नयाँ मोडलल ल्याउने योजना बनाएको हो ।
नेपाली बजारमा पनि भदौ १० गतेबाट केटीएमको नयाँ मोडल ड्यूक १२५ बिक्री वितरण सुरु भएको छ ।


