टोयोटा मोटर्सले दायहात्सुको डिएन ट्रेक अवधारणामा निर्माण गरेको रकी कप्याक्ट एसयूभी सार्वजनिक भएको छ । टोयोटा राइजको नामले सार्वजनिक हुने यस सब कप्याक्ट एसयुभी टोकियो मोटर शोमा प्रदर्शन हुने भएको हो । टोकियो मोटर शो आजबाट सुरु भएको हो ।
मारुती सुजुकी भिटारा ब्रेजा र हुन्डाई भेन्यूभन्दा केही ठूलो दायहात्सुको रकी नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ ।
यसको लम्बाई ३९९५ एमएम, चौडाई १६८५ एमएम, उचाई १६२० रहेको कम्पनीले जनाएको छ । यसमा २५२५ एमएमको लामो ह्वीलवेश लगाइएको छ । यसमा उपलब्ध ९९९ सीसी पेट्रोल इन्जिनले ९८ पीएस पावरका साथै १४० एनएम टर्क उत्पादन गर्छ ।
रियर इन्ड फिचरमा सजिएको यस मोडलमा इन्टरकनेक्टेड टेल ल्याम्प लगाइएको छ भने, क्याबिनमा सिल्भर इन्सर्ट, फ्लोटिङ टच स्क्रिन, एयर भेन्ट जस्ता विशेषता दिइएको छ ।
सुरक्षाको लािग एबीएस, इबीडी, एयरब्याग जस्ता फिचर रहेको यो एसयूभीमा ठूलो साइजको ग्रिल, सार्प हेडल्याम्प, दुबै साइडमा विन्डशिल्ड फिचर प्रदान गरिएको छ ।
कम्पनीले पहिलो पटक यो मोडल सन् २०१७ मा आयोजित टोकियो मोटर शोमा नै प्रदर्शन गरेको थियो । यसले इन्जिन, विशेषता, मूल्य लगायतका आधारमा एक्सयूभी ३००, हुन्डाई भेन्यु, फोर्ड इकोस्पर्ट र टाटा नेक्शन जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ ।


