महिन्द्रा केयुभी १०० इलेक्ट्रीक मोडलको अन्तिम परिक्षण जारी

भारतीय बजारमा २०२० अगावै इलेक्ट्रीक कार केयूभी–१०० सार्वजनिक गर्ने तयारी गरेको महिन्द्राले अहिले उक्त मोडलको अन्तिम परिक्षण गरिरहेको बताइएको छ । कम्पनीले यो इलेक्ट्रीक कारमा ३० किलोवाटको मोटर र लिथियम आयन व्याट्री दिएको छ । केयूभी १००मा महिन्द्राको ई–भेरिटोमा दिइएको जस्तै व्याट्रीको प्रयोग गरिएको जनाइएको छ । 

उक्त ब्याट्रीले फुल चार्जमा १ सय ४० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ भने कारमा फास्ट चार्जिङको सुविधा समेत दिइने छ । फास्ट चार्जरले चार्जगर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । यो कारमा स्मार्टफोन कनेक्टिभिटी, क्याबिन प्रि–कुलिङ, लोकेसन ट्राकिङ लगायतका विशेषता दिइएको छ ।

यसमा अपर फ्रन्ट ग्रिल, एलइडी हेडल्याम्प, टेलल्याम्प, एबीएस, इबीडी, ट्राक्सन कन्ट्रोल, एयरब्याग लगायतका विभिन्न विशेषता दिइने छ । कम्पनीले यस मोडललाई २०१८ को अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । २०२० को अटो एक्स्पोमा प्रदर्शन हुने यो मोडलको मूल्य १० लाख भारु पर्न आउने अनुमान गरिएको छ ।


Back_to_top