होन्डाको चर्चित स्कुटर एक्टिभा एक वर्षको अवधिमा झन्डै १४ लाख युनिट बिक्री भएको छ । कम्पनीले भारतीय बजारमा हालसम्म १३ लाख ९३ हजार २५६ युनिट एक्टिभा बिक्री गरेको जानकारी दिएको हो ।
होन्डाको कुल व्यापारको १४ प्रतिशत हिस्सा ओगटेको एक्टिभा, एक दिनमै ७७४० युनिट बिक्री भएको हो । होन्डा एक्टिभा नेपाली बजारमा राम्रै बिक्री हुने मोडलमा पर्छ । आकर्षक पावरट्रेन, माइलेज, डिजाइन तथा फिचरका कारण चर्चामा आएको यो स्कुटर विशेषत युवापुस्तामा चर्चित छ ।
के छ त विशेष ?
होन्डा एक्टिभाको नेपाली बजारमा मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा ड्रम, बे्रेक अलोय ह्वील र डिस्क बे्रक भेरियन्ट उपलब्ध छ । एक्टिभामा सिम्पल र आकर्षक डिजाइन दिइएको छ । एक्टिभामा १२४ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८.५ बीएच पावर र १०.५४ एनएम टर्क जेनेरेट गर्छ ।
एक्टिभा १२५ मा डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, सर्भिस ड्यु इन्डिकेटर र सिट ओपनिङ स्विचको साथमा फोर इन वान लक समावेश गरिएको छ । यसमा कन्ट्रास्ट कलर्स, ठूलो फन्ट र डिजिटल डिस्प्ले राखिएको छ ।


