काठमाडौं । हङकङ विश्वमै सबैभन्दा महंगो प्रोपर्टी भएको सहरमा सबैभन्दा माथि रहेको छ । यसका साथै होटल, खानपानजस्ता आधारभुत अवस्यकता पुरा गर्न पनि हङकङक अत्यन्त महंगो सहर हो ।
यस्तो महंगो सहरमा एउटा कार पार्किङको मूल्य सुनेर तपाई हैरान हुन सक्नु हुन्छ । हैरान नमान्नुस १३४ स्क्वायफुटको पार्किङ ११ करोड २० लाख नेपाली रुपैयाँमा बिक्री भएको थियो । बिक्रेताले उक्त पार्किङको मूल्य प्रति स्क्वायर ७२०० डलर तोकिएको थियो ।
हङकङको रियलस्टेट एनालाईटिक्स फर्म ‘नेवरहुड एक्स’का अनुसार यो पार्किङ व्यवसायी जोनी चेऊङले किनेका हुन् । उक्त पार्किङ नजिकै ७३ औ तलामा उनको अफिस रहेकाले उनले महंगो मूल्य तिरेर उक्त पार्किङ खरिद गरेका हुन् ।
हङकङमा यसअघि पनि विभिन्न समयमा महंगो मूल्यमा पार्किङ बिक्री भएको समाचारहरु आइरहेका हुन् । २०१८ मा एउटा १५० वर्ग फिटको पर्किङ ८ करोड भन्दा बढी रुपैयाँमा खरिद बिक्री भएको थियो भने २०१७ मा ७ करोड भन्दा बढी मूल्यमा कारोबार भएको थियो ।


