‘एलएफ-३०’ले विश्वको ध्यान किन खिच्यो, के छ यसमा खास

लेक्ससको ‘एलएफ–३०’ ले विश्व अटो उत्पादकलाई आश्चर्यमा पर्नेगरि टोयोटाको प्रिमियम ब्राण्ड लेक्ससले नयाँ इलेक्ट्रीक कन्सेप्ट कार सार्वजनिक गरेको छ । जापानको टोकियोमा जारी ६४ औं टोकियो मोटर शोमा स्थानीय कार उत्पादक कम्पनीले विश्व अटो क्षेत्रलाई चकित पार्नेगरि नयाँ कार शोकेस गरेको पश्चिमा मिडियाले उल्लेख गरेका छन् ।

बेलायती अटो मिडिया अटोकारले कुनै जानकारी वा खबर विना नै कम्पनीले नाटकिय ढंगबाट नयाँ इलेक्ट्रीक कन्सेप्ट कार ल्याएको उल्लेख गरेको छ । अटोमोटीभ न्युज यूरोपले कम्पनीको नयाँ उत्पादन विश्व अटो क्षेत्रलाई सोच्न बाध्यपर्ने किसिमको भएको जनाएको छ । यसबाट पनि के प्रस्ट हुन्छ भने कम्पनीले अफ्नो नयाँ कन्सेप्ट कार अकल्पनि निर्माण गर्न सफल भएको छ ।

टोयोटाले आफ्नो व्यवसायीक इलेक्ट्रीक कार सन् २०२२ को सुरुवातबाट विश्व बजारमा उतार्ने अनुमान गरिएको छ । तर, लेक्सस ‘एलएफ–३०’ कहिलेबाट बजारमा आउने छ भन्ने विषयमा केही खुलाएको छैन । 

लेक्ससका चिफ इन्जिनियरका अनुसार यो नै फाइनल प्रडक्ट होइन, यो मात्रै सिम्बोलिक प्रोटोटाइप हो । लेक्ससका आगामी इलेक्ट्रीक प्रडक्ट कस्ता हुने छन् भन्ने कुरा यसले बोल्ने छ ।

कम्पनीले शोकेस गरेको नयाँ इलेक्ट्रीक कारको लम्बाई ५०९० एमएम, चौडाई १९९५ एमएम र उचाई १६०० एमएम रहेको छ । कारको ह्वीलवेस ३२०० एमएम रहेको छ । 

कम्पनीले गाडीलाई निकै शक्तिशाली बनाउन ११० किलोबाटको लिथियम आयोन व्याट्री प्याकको प्रयोग गरेको छ । जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने छ । 

कम्पनीका अनुसार यसमा दिइएको मोटरले ५३६ बीएच पावर र ७०० एनएम टर्क जेनेरेग गर्ने क्षमता राख्छ । अधिकतम २०० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यस कारले ० देखि ६० किलोमिटरको स्पीड भेट्न ३.८ सेकेन्ड लगाउने छ । 

कम्पनीले यो कारलाई भविष्यको कार बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दिइएको स्टेरिङ्ग ह्वील भविष्यमा आउने अटोनोमस सिस्टमलाई मध्यनजर गर्दै निर्माण गरिएको हो भन्ने बुझ्न कठिन छैन । 

कम्पनीले राखेको नाम एलएफ ३० लाई अन्तर्राष्ट्रिय मिडियाले यसरी नामाकरण र आउने संभावित समयको अनुमान लगाएका छन् । एल भनेको लेक्सस, एफ भनेको फियुचर र ३० भनेको २०३० । यसरी हेर्दा कम्पनीले सन् २०३० भित्र यसलाई बजारमा उतार्ने छ । 


Back_to_top