हुन्डाईले आफ्नो चर्चित क्रसओभर कार आई २० एक्टीभको २०१९ मोडल बजारमा उतारेको छ । कम्पनीले यो मोडल बजारमा सार्वजनिक गर्दा कुनै किसिमको मिडिया प्लान वा प्रचारमा खर्च गरेको छैन । कम्पनीले ३ भेरियन्टमा बजारमा उतारेको यो मोडलको मूल्य औषतमा २ हजार भारतीय रुपैयाँ वृद्धि गरिएको छ ।
कम्पनीले आई २० एक्टीभमा केही सुरक्षा फिचर थप गरेर बजारमा ल्याएको छ । जसमा रिभर्स पार्किङ्ग क्यामेर, पार्किङ्ग सेन्सर, स्पीड अलर्ट सिस्टम, ड्राइभर तथा प्यासेन्जर सिटबेल्ट अलर्ट जस्ता फिचर थप गरेको हाे ।
कम्पनीले आफ्नो टप भेरियन्टमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएसको साथ कर्नरिङ्ग लाइट, एलइडी टेल लाइट, सार्क फिन एन्टेना, डायमन्ड कट अलोय ह्वील जस्ता फिचर उपलब्ध गराएको छ ।
यसको इन्टेरियरमा भने कम्पनीले कुने परिवर्तन गरेको छैन । यसको टप भेरियन्टमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पुस बटम स्टार्ट, कि लेस इन्ट्री, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, वायरलेस चार्जिङ जस्ता सुविधा उपलब्ध रहेको छ ।
नेपालमा पनि क्रसओभर सेग्मेन्टमा सर्वाधिक बिक्री हुने यो कारमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ८२ बीएच पावर र ११५ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
भारतीय बजारमा यसलाई १.४ लिटर डिजेल इन्जिनमा समेत बिक्री गरिदै आएको छ । तर, डिजेल भेरियन्ट नेपाली बजारमा बिक्रीको लागि ल्याइएको छैन ।

