के हो ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’, किन आवस्यक छ इलेक्ट्रीक कारमा

काठमाडौं । के तपाई कहिल्यै ‘रिजेनेरेटिभ ब्रेकिङ’ भनेको के होला भनेर अल्मलिनु भएको छ ? किनकी यो ब्रेकिङ प्रणाली इलेक्ट्रीक गाडीहरुमा मात्रै पाईन्छ । अब धेरै नअल्मलिनुहोस्, यसका बारेमा हामी केही चर्चा गर्नेछौं ।

सहज भाषामा भन्दा रिजेनेरेटिभ ब्रेकिङ भनेको  यसै खेर जाने उर्जालाई फेरी प्रयोगमा ल्याउने प्रणाली हो । यो प्रक्रिया गाडी सुस्त गतिमा चलाउँदा वा रोक्दा चालु हुन्छ ।

यो ब्रेकिङ प्रणाली इलेक्ट्रीक सवारीसाधनहरुमा प्रयोग गरिएको हुन्छ । इलेक्ट्रीक गाडी चलाउन ब्याट्रीको प्रयोग हुन्छ । तर, जब ब्रेक थिचिन्छ तब केही अस्वाभाविक घटना घट्छ । इलेक्ट्रीक मोटरमा गाडी सुस्त गतिमा ल्याउन वा ब्रेक लगाउनका लागि जेनेरेटरको रुपमा प्रयोग हुन्छन् । र, यो प्रक्रियामा मोटरले ब्याट्री रिर्चाज गर्छ ।

रिजेनेरेटिभ ब्रेकिङले गाडी चलाउनका लागि प्रयोग भएको सबै वा उल्लेख्य उर्जा फिर्ता गराउन भने सक्तैन । तर पनि गाडीको रेञ्ज बढाउनमा भने मद्दत पुर्याउन सक्छ ।

यो आधारभुत भौतिक विज्ञानको कुरा हो । रिजेनेरेटिभ ब्रेकिङले इभीहरुको रेञ्जमा ३० प्रतिशतसम्मले वृद्धि गराउन सक्ने दाबी गरिएका छन् । तर, यसमा गाडी, बाटो, तापक्रम लगायत अन्य चरहरुले पनि प्रभाव पार्छ ।

साथै विभिन्न इभीहरुमा आफ्नै स्तरको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली दिइएको हुन्छ । यदि कसैलाई एसिलिरेटरबाट खुट्टा निकाल्ने बित्तिकै आफैं रोकिने प्रणाली चाहिएको छ भने त्यसका लागि उच्च स्तरको रिजेनेरेटिभ ब्रेकिङ आवश्यक पर्छ । एसिलिरेटर छाडेर ब्रेक थिच्नुपर्ने प्रणाली चाहिएको छ भने कम स्तरको रिजेनेरेटिभ ब्रेकिङ भए पनि हुन्छ । तर, गाडी निर्माता कम्पनीले कस्तो किसिमको गाडी बनाएको छ भन्ने विषयले यसमा प्रभाव पार्छ ।

इभीहरुमा रिजेनेरेटिभ ब्रेकिङको व्यवस्था हुने भए पनि कतिपय भने सामान्य ब्रेकिङ प्रणालीमै चलिरहेका पनि हुन्छन् ।

धेरै अवस्थामा चालकलाई रिजेनेरेटिभ ब्रेकिङ वा परम्परागत ब्रेकिङ मध्ये आफ्नो गाडीमा कुन चाहिँ ‘एक्टिभ’ भइरहेको छ भने याद हुँदैन । ब्रेक सुरक्षासँग जोडिएको बिषय भएको हुनाले प्राकृतिक र सामान्य अनुभुति नै होस् भनेर चालकलाई विशेष वा फरक महशुस नहुने गरि रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले काम गर्छ ।


Back_to_top