अमेरिकी कम्पनी क्लेभल्यान्डको ACE Dulexe नेपालमा सफल हुँदै, यस्तो छ मूल्य

काठमाडौं । एकपछि अर्को गर्दै विश्व बजारमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा आइरहेका छन् । सानो बजारका बाबजुद नेपाली बजारमा करिब ३० भन्दा बढी ब्राण्डका मोटरसाइक बिक्री भइरहेका छन् । यस्तोमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीसमेत जोड्ने हो भने यो संख्या बढेर ५० हाराहारीमा पुग्छ । 

गतवर्ष नेपाल भित्रीएका बिएमडब्ल्यु, एमभी अगस्टा, हार्ले डेभिडसन, जिपीएक्स लगायतका विभिन्न नयाँ ब्रान्डका मोटरसाइकल अहिले नेपाली बजारमा उपलब्ध छन् । यसैबीच, नेपालमा करिब एक अघि नै अमेरिकी ब्रान्ड क्लेभल्यान्डका मोटरसाइकल नेपालमा बिक्री वितरण भइरहेका छन् । 

क्लेभल्यान्ड मोटसाइकल नेपाली बजारमा आजु मोटर प्रालिले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अहिले बजारमा एसीइ डिलक्स, एसीइ स्क्राम्बलर, मिसीफिट र एफएक्सआरसहित चार मोडलका मोटरसाइकल बिक्री गरिरहेको छ । ती मध्ये, २२९ सीसीको एसीइ डिलक्लसले राम्रो बजार पाएको कम्पनीले जनाएको छ । 

यसमा उपलब्ध एयरकूल्ड सिंगल सिलिन्डर ओएचभी इन्जिनले ७ हजार आरपीएममा १५.४ बीएच पावरका साथै ६ हजार आरपीएममा १६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने यो मोटरसाइकलको कुल तौल १२६ किलोग्राम रहेको छ ।

यसको फ्रन्ट साइडमा २२० एमएम र रियरमा २१० एमएमको डिस्क ब्रेक लगाइएको छ । १२ लिटर इन्धन क्षमताको ट्यांकी भएको यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । 

यसको लम्बाई २१२० एमएम, चौडाई ८३० एमएम, उचाई ११०० एमएम रहेको छ भने ह्वीलवेश १३५० एमएम रहेको छ । यसमा १८ इन्चको अलोय ह्वील लगाइएको छ ।

पीलन सिट, पिलन ग्राब रेल, पास लाइटको विशेषता दिइएको यस मोटरसाइकलमा सिंगल डाउन  ट्युब फ्रेम लगाइएको छ भने, फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा ट्वीन हाइड्रोलिक सक सस्पेन्सन दिइएको छ । 

यसमा हेलोजिन लाइट, आकर्षक टेल लाइटले सजिएको यस मोटरसाइकलको मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top