आयो १४७ किमि प्रतिघण्टाको रफ्तारमा कुद्ने इलेक्ट्रीक बाइक

अल्ट्राभायोलेट अटोमोटिभले भारतीय बजारमा इलेक्ट्रीक मोटरसाइकल एफ–७७ को तीन भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले एफ–७७ लाइटिनिङ, एफ–७७ स्याडो र एफ–७७ लेजरगरि तीन भेरियन्टमा सार्वजनिक गरेको हो । 

यी मोटरसाइकलको मूल्य ३ लाखदेखि ३ लाख २५ हजार भारुसम्म निर्धारण गरिएको छ । यी मोटरसाइकलमा उपलब्ध २५ किलोवाटको एयर कुल्ड मोटरले आकर्षक आउटपुट दिने कम्पनीले जनाएको छ । 

प्रतिघन्टा १४७ किलोमिटरको टपस्पिड क्षमता भएको यी मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरि तीन राइडिङ मोड दिइएको छ । मोटरसाइकलको नेट तौल १५८ किलोग्राम छ भने ८०० एमएमको सिट हाइट रहेको छ ।  

यसमा उपलब्ध ४.२ किलोवाटको लिथियम आयोन ब्याट्री सामान्य चार्जरबाट पाँच घन्टामा र फास्ट चार्जरबाट एक घन्टा ५० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

यसले एकपटकको फुलचार्जमा १३० देखि १५० किलोमिटर रेञ्ज प्रदान गर्नेछ । मोटरसाइकलमा ट्रेलिस फ्रेम, युएसडी फर्क, आल्म्युनियम सस्पेन्सन र प्रि–लोड एडजस्टेबल मनोशक दिइएको छ । 

यस्तै, मोटरसाइकलको प्रmन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ भने डबल च्यानल एबीएसको विशेषता दिइएको छ । दुबै साइडमा १७ इन्चको अलोय ह्वील दिइएको छ । 


Back_to_top