काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारीक बिक्रेता मोरङ्ग अटो वर्कसले नयाँ स्कुटर एन म्याक्स नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यसको नेपाली सडकमा सफल परिक्षण सकेको जनाएको छ ।
पछिल्ला दिनमा एकपछि अर्को नयाँ प्रडक्ट नेपाली बजारमा ल्याएको यामाहाले १५५ सीसी सेगमेन्टमा पहिलो स्कुटर नेपाल ल्याउन लागेको हो । यूरोपियन स्टायण्डर्डको यामाहा एनम्याक्स नेपाली बजारमा आउने कम्पनी स्रोतले जानकारी दिएको छ ।
अत्यन्तै लेटेष्ट टेक्नोलोजियुक्त एलइडी हेडल्याम्प, ठूलो स्टोरेज क्षमता, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा दिइएको छ ।
यसमा दिइएको १५५ सीसी, लिक्वीड कुल्ड इन्जिनले ८००० आरपीएममा १४.८ पीएस पावर र ६००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ ।
स्कुटरलाई आरमदायी बनाउन कम्पनीले अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिएको छ । अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ ।

