हिरोको ८६ किमि माइलेज दिने मोटरसाइकल, एफआई इन्जिनले बढ्यो पावर

हिरोले आफ्नो मोटरसाइकल ग्ल्यामर १२५ लाई एफआई इन्जिनमा ल्याएको छ । कम्पनीले भारतमा २०२० अप्रिल १ बाट लागु हुने अनिर्वाय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ग्ल्यामरलाई तयार गरेको हो ।

नयाँ ग्ल्यामर १२५ को लम्बाई २०२३ एमएम, चौडाई ७६६ एमएम र उचाई १०९१ एमएम रहेको छ भने कुल तौल १२७ केजी रहेको छ ।

ग्ल्यामरमा १५९ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ भने १२६२ एमएमको ह्वील वेस र ७९० एमएमको सिट हाइट रहेको छ ।

कम्पनीले यसमा १२४.७ सीसी एयर कुल्ड, इलेक्ट्रोनिक्स फियुल इन्जेक्टेढ इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.५ बीएच पावर र ११ एनएम टर्क प्रदान गर्छ । वेटमल्टी क्लच दिइएको उक्त बाइकमा ४ स्पीड गियरबक्स दिइएको छ । मोटरसाइकललाई एक लिटर पेट्रोलबाट ८६ किलोमिटर गुडाउन सकिने एआएआईले प्रमाणित गरेको छ ।

आरामदायी यात्राको लागि मोटरसाइकलमा अगाडि टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्वर र पछाडि ५ स्टेप एड्जस्टेवल हाईड्रोलिक सक दिएको छ भने सेमिडवल कार्डली च्याचिस दिइएको छ ।

मोटरसाइकलमा १८ इन्चको अलोय ह्वील, अगाडि चक्कामा डिस्क ब्रेक दिइएको छ । एलइडी टेल लाईट, रियल टाइम माइलेज इन्डिकेटर, फियुल वार्निङ इन्डिकेटर र पिलियन सिट, पिलियन ग्रावरेल, ट्रिप मिटर काउन्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

अहिले यो मोडल नेपाली बजारमा भने आएको छैन । यसको भारतीय बजारमा मूल्य ७१ हजार २२९ भारु रहेको छ ।


Back_to_top