काठमाडौं । टीभीएसले नेपाली बजारमा सेमी डर्ट बाइक म्याक्स १२५ ल्याउने तयारी गरेको छ । टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याउने भएको म्याक्स १२५ स्ट्रिट क्याटेगोरिको बाइक हो ।
आगामी हप्ता यो बाइक नेपाल आइपुग्ने कम्पनी स्रोतले जानकारी दिएको छ । उक्त बाइक नेपाल आउनासाथ सार्वजनिक भने हुने छैन । कम्पनीले यसको विभिन्न चरणमा नेपाली सडकमा परिक्षण गरेपश्चात मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
टीभीएसले इन्डोनेशिया प्लान्टबाट उत्पादन गर्ने यस बाइकमा उपलब्ध एसओएचसी फोर स्ट्रोक १२४.५३ सीसी इन्जिनले ५५ सय आरपीएममा १०.८ एनएम टर्कका साथै ८ हजार आरपीएममा १०.९ हर्ष पावरका उत्पादन गर्छ ।
विशेषत अफरोडका लागि प्रयोग गर्न बनाइएको यस बाइकको अगाडि चक्कामा डिस्क ब्रेक लगाइएको छ भने, पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ । हरियो र निलो दुइ कलर अप्सनमा उपलब्ध हुने यो बाइकको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्विंगआर्म सस्पेन्सनको विशेषता दिइएको छ ।

बाइकको फ्रन्टमा १९ इन्च र रियर १६ इन्चको रेडिएल टायर लगाइएको कम्पनीले आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।
बाइकको लम्बाई २ हजार एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम रहेको छ । किक्क र इलेक्ट्रीक स्टार्टको अप्सन भएको यो बाइकमा चार स्पीड म्यानुअल गियरबक्स लगाइएको छ ।
बाइकमा इन्डिकेटर बल्ब लाइट, हेलोजन हेडल्याम्प, हेडजस्टेबल हेडलाइट, एलइडी टेलल्याम्प, साइड स्ट्यान्ड इन्डिकेटरको विशेषता उपलब्ध रहने छ । एनालग स्पिडोमिटर, टेकोमिटर र ट्रिपमिटरको विशेषता बाइकमा रहेको छ ।
यो बाइक कहिलेसम्म सार्वजनिक गर्ने एकिन मिति सार्वजनिक नगरेको कम्पनीले मूल्यका विषयमा समेत कुनै जानकारी दिएको छैन ।

