सातवटै प्रदेशमा अपाचे आरटीआर १६० २ भी रेस एडिशन सार्वजनिक

काठमाडौं । टीभीएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको साँगीतिक कार्यक्रम टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २मा जगदम्बा मोटर्सले सातवटै प्रदेशमा अपाचे आरटीआर १६० २ भी रेस एडिशन सार्वजनिक गरेको छ ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

सोही टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक माहौल बीच टीभीएस अपाचे आरटिआर १६० २भी रेस एडिशन दबल डिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरु द्धारा सार्वजनिक गरिएको थियो ।

टीभीएस मोटर्स कम्पनीको लोकप्रिय टीभीएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटिआर १६० २भी रेस एडिशन डबल डिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभर स्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक/किक स्टार्ट  गर्न सकिने विशेषतायुक्त रहेको छ । 

१ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामा आई समाप्त भएको थियो ।   


Back_to_top