टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प १९ मंसिरदेखि हुने

काठमाण्डौँ ।  नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी टे«डिङ्गले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि यही १९ देखि २१ मंसिरसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्ने भएको छ । ग्राहकसम्म पुग्ने यो तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुने भएको हो ।

यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् । तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ ।

सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्ने जनाएको छ । यसका साथै सिप्रदीले आफूलाई सहयोग र्पुयाउनुभएका आफ्ना ग्राहकहरूलाई विभिन्न विधाअन्तर्गत सम्मानसमेत गर्ने भएको छ । सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक गर्ने जनाएको छ ।

तीन दिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक निःशुल्क ४७ पोइन्ट्स चेकअप, निःशुल्क कम्प्युटर डाइगनोसिस, निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, निःशुल्क एफआईपी परीक्षण, निःशुल्क टायर परीक्षण, निःशुल्क प्रदूषण जाँच, निःशुल्क लन्च सुविधा, गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू, दैनिक लक्की ड्र तथा मोबाइलफोन जित्ने मौका, बम्पर लक्की ड्र जस्ता बिभिन्न सुबिधा रहेको जनाएको छ ।


Back_to_top