यस्तो छ टीभीएसको नयाँ मूल्यसूची, पुरानोभन्दा कति फरक

काठमाडौं । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस स्कुटर तथा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले अहिले १० मोडलका मोटरसाइकल र ९ मोडलका स्कुटर बिक्री गर्दै आएको छ । 

कम्पनीले बिक्री गर्दै आएको मध्ये अपाची आरटीआर १६० टु भी एफडी र आरटीआर १६० टू भीको मूल्य केही परिर्वतन गरेको छ । कम्पनीले यी मोडलमा २ हजार रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो । यस्तै, स्ट्राइकर १२५ को मूल्य पनि दुई हजारले बढेको छ  ।

कम्पनीले वीगो स्कुटरको मूल्य पनि आठ हजारले बढाएको छ ।  ज्युपिटर क्लासिकको मूल्य ५ हजारले बृद्धि हुँदा एनटर्क डिस्कको मूल्यमा पनि पाँच हजार बढेको छ । 

कम्पनीले नेपाली बजारमा छिट्टै नै टीभीएस आरटीआर २०० ४ भी, १६० ४ भी र एनटर्कको नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । जगदम्वा मोटर्सले टीभीएस स्कुटर तथा मोटरसाइकलको बिक्रीलाई आक्रामक बनाउँदै लगेको छ । 

यसै क्रममा बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरको नयाँ र पुरानो मूल्यसूची यस प्रकार रहेको छ ।


Back_to_top