काठमाडौं । क्रश फायरको लागि नेपालको आधिकारिक वितरक क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले जिआर-७ बाइकमा विन्टर अफर दिइरहेको छ । कम्पनीले डिसेम्बर ९ देखि सुरु गरेको उक्त अफर १८ तारिखसम्म चल्ने जनाएको छ ।
कम्पनीले ल्याएको अफर अनुसार हरेक मोटरसाइकलको खरिदमा १२ हजार मूल्य बराबरको एसरबीसको ह्यान्डगार्ड हेलमेट दिने जनाएको छ ।
सबै, मोटरसाइकल किन्ने मध्येबाट भाग्यशाली एकजनालाई २६ हजार रुपैयाँ मूल्यको प्रिमियम एसरबीस एक्स–रेसर भिटिआर हेलमेट प्रदान गर्ने भएको हो ।
बिजेताको घोषणा भने डिसेम्बर १९ मा नै गरिने कम्पनीले जनाएको छ । यो मोटरसाइकल खरिद गर्ने ग्राहकमध्येबाट एक जनालाई लक्की ड्र मार्फत छनौट गरिने छ ।
यस्तो छ बाइक
क्रशफायर जिआर–७ गरि दुई भेरियन्टमा बिक्री भइरहेको छ । जिआर–७ को डर्ट भेरियन्टको मूल्य ५ लाख २७ हजार र मोटार्डको मूल्य ५ लाख ३७ हजार रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ ।
यसमा उपलब्ध २५० सीसी लिक्वीड कुल्ड इन्जिनले अधिकतम ३०.१५ बीएच पावर प्रदान गर्छ भने, २३ एनएम टर्क उत्पादनको क्षमता राख्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
यस मोटरसाइकलमा १० लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ । कुल तौल १०७ किलोग्राम भएको यस बाइकमा ३३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने, ९४० एमएमको सिट हाइट रहेको छ । यसको फ्रन्ट साइडमा टेलिस्कोपिक सस्पेन्सन लगाइएको छ भने, हेलोजन हेडलाइट, टेललाइट, एलइडी टर्न लाइट जोडिएको छ ।
जिआर–७ मा वेभी डिस्क ब्रेक लगाइएको छ भने १८ इन्चको अलोय ह्वील जडान गरिएको छ । बाइकको दुबै भेरियन्टमा स्ट्रङ सक याब्जर्बर, एडजस्टेबल रि बाउन्ड, सिएनसि ट्रिपल क्लाम्प, पिलन सपोर्ट ह्यान्ड्रल्स, स्किड प्लेट, फ्लेक्जीबल होइज कोल्स, सेल्फ क्लिनिङ फुटपेज लगायतका फिचर समेटिएका छन् ।यस्तै, बाइकमा अपसाइड डाउन फर्क, डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले, ब्रेम्बो ब्रेकिङ सिस्टम लगायतका विभिन्न विशेषता दिइएको छ ।


