नेपाल भित्रियो किया सेल्टोस, यस्तो छ ५ भेरियन्टको मूल्य

काठमाडौं । किया सेल्टोस नेपाल भित्रिएको छ । केहि समय अगाडी भारतीय बजारमा सार्वजनिक भएको यो कार नेपाल भित्रिएको हो । गत नाडा अटो शोमा 

 कियाका लागि नेपालको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले बकिङ खुल्ला गरेको थियो । कियाले यो कार २०१८ को अटो एक्सपोमा एसपी कन्सेप्टको रुपमा प्रदर्शनी गरेको थियो । 

कियाको नयाँ एसयूभी सेल्टोसले टाटा ह्यारियर, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा गर्नेछ । सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । 

यो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् । यो एसयूभीमा १७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्प रहेको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल  १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ । 

हाल काठमाडौं भित्रिएको यो कार केहि दिन पश्चात बुकिङ गरेका ग्राहकलाई हस्तान्तरण गर्ने कन्टिनेन्टल्स ट्रेडिङले जानकारी दिएको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य

किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई विभिन्न ५ भेरियन्टमा नेपाल ल्याउन लागेको  हो । कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ ।


Back_to_top