इलेक्ट्रीक कारको लागि कोशेढुङ्गा बन्यो २०१९, तीन मोडलले कमाए सार्वाधिक चर्चा

काठमाडौं । इलेक्ट्रीक कारका लागि प्रिमियम बनेको वर्षको रुपमा सन् २०१९ लाई लिन सकिन्छ । यस वर्ष नेपाली बजारमा तीन धमाकेदार इलेक्ट्रीक कारले प्रबेश गरेभने केही चिनियाँ कम्पनीका उत्पादन पनि नेपाल आए ।

सन् २०१९मा सबैभन्दा बढी चर्चा रहेको हुन्डाईको ग्लोबल प्रडक्ट कोनाले नेपाली बजारमा बिक्री वितरण सुरु गर्यो । त्यसैगरी कियाको चर्चित क्रसओभर एसयूभी कोना इलेक्ट्रीक र एमजीको पहिलो इलेक्ट्रीक एसयूभी इलेक्ट्रीक जेडएसले नेपाली बजारमा प्रबेश गरेको छ ।

यसका अलावा चाइनिज ब्राण्ड दायलगायतका केही ब्राण्ड नेपाल प्रबेश गरेका छन् । त्यसो त धेरै चिनियाँ ब्राण्डले नेपालभरको लागि रोड वर्दिनेस टेष्टसमेत पास गर्न नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तोमा २०१९ मा नेपाली बजारमा प्रबेश गरेका मुख्य ब्राण्डका इलेक्ट्रीक एसयूभीको बारेमा यहाँ उल्लेख गरिएको छ ।

१. हुन्डाई कोना

नेपालको लागि लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि वितरक रहेको हुन्डाई कोना २०१९ मा नेपाल आएको पहिलो इलेक्ट्रीक एसयूभी हो । कोनामा प्रयोग गरिएको हाईभोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टिसहित कम्पनीले यसलाई बजारमा उतारेको थियो । कम्पनीले ‘रिडिफाइन ईभी’ स्लोगनमा कोना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

बजारमा निकै सफल मानिएको फुल्ली इलेक्ट्रीक एसयूभी कोना दुई व्याट्री प्याकमा उपलब्ध रहेको छ । जसमा ३९।२ किलोवाट आवर र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा किन्न सकिने छ । कम्पनीले यसको मूल्य क्रमशः ५५ लाख ५६ हजार र ६५ लाख ५६ हजार तोकेको छ ।

लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको यी गाडीको व्याट्रीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । सिंगल चार्जमा सानो व्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्छ भने ६४ किलोवाटको व्याट्रीले ४८० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ ।

सुरक्षाको हिसावले अत्यन्त सुरक्षीत रहेको यस गाडीमा ६ वटा एयरब्याग, अटो होल्ड, प्याडल सिफ्टर, क्रुज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस–ट्राफिक अलर्ट, हिल असिस्ट कन्ट्रोल तथा  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमजस्ता अत्याधुनिक फिचरहरु रहेका छन् ।

२. किया निरो

काठमाडौं । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङले नेपाली बजारमा ल्याउको निरो निकै सफल इलेक्ट्रीक एसयूभी भएको छ । कम्पनीले ल्याएको किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएच पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७।८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ ।

कम्पनीले निरोको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गरिरहेको छ । यसको सिधा प्रतिस्पर्धा हुन्डाई कोनासँग भइरहेको छ ।

३. एमजी इजेडएस

काठमाडौं । मोरिस ग्यारेज ९एमजी०को लागि नेपालको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा केही दिनअघि मात्रै सार्वजनिक गरेको इलेक्ट्रीक एसयूभी जेडएस अहिले निकै चर्चामा रहेको एसयूभी हो ।

कोना र निरोको तुलनामा कम मूल्य र पानारोमिक सनरुफले यो कारलाई चर्चामा ल्याएको हो । कम्पनीले नाडा अटो शो २०१९बाट यसको बुकिङ्ग खुल्ला गरेको थियो ।

नेपाली बजारमा यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने यसमा ग्राहकलाई ७ किलोवाटको फार्स्ट एसी चार्जर समेत दिइएको कम्पनलिे जानकारी दिएको छ ।

इलेक्ट्रीक जेडएसले एक पटकको फुलचार्जमा २५० देखि ४२८ किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने बताइएको छ ।

कारमा यात्रु र चालकको सुरक्षाको लागि ६ वटा एयरव्याग, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट जस्ता फिचर उपलब्ध रहेको छ । 


Back_to_top