पुस १२ गते सुजुकीका कार किन्नेलाई बम्पर छुट

काठमाडौं । नेपालका लागि सुजुकीको गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग अन्तर्गतको सीजी मोटोकर्पले आउँदो पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

‘सुपर स्याटरडे’ नाम सहित ल्याएको एक दिने योजनामा ग्राहकले नियमित सोरुममा पाउने छुटभन्दा बढी नगद छुट पाउने जनाइएको छ । साथै, ग्राहकहरुले उक्त दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने छन् । 

यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरमा लागू कम्पनीले जनाएको छ । 

सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । 


Back_to_top