यामाहाले आफ्नो पछिल्लो मोडल एमटी १५ को इन्जिनमा परिमार्जन गर्ने भएको छ । कम्पनीले भारतीय नयाँ प्रदुषण मापदण्ड अनुसार एमटी १५ नयाँ इन्जिन दिन लागेको हो ।
बीएस ६ इन्जिनपछि एमटी १५ को मूल्य ४ हजार भारुले बढ्ने यामाहा इन्डियाले घोषणा गरिसकेको छ । नयाँ मापदण्ड अनुसारको मोटरसाइकल फेब्रुअरीबाट बजारमा लानेसमेत कम्पनीले जानकारी दिएको छ ।
यामाहा वाईजेडएफ आर १५ र एमटी १५ मा एउटै इन्जिन दिने भएको छ । कम्पनीले नयाँ इन्जिनको पर्फमेन्सको विषयमा केही खुलाएको छैन । यद्यपी बीएस ४ को तुलनामा पावरमा केही कमि आउने र टर्कमा केही बढोत्तरी हुनसक्ने अनुमान गरिएको छ ।
यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन भने हुने छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।
कम्पनीले केही दिनअघि आफ्नो स्कुटरहरुलाई नयाँ इन्जिनमा बजारमा ल्याइसकेको छ ।

