रोयल इन्फिल्ड मोटरसाइकल नामले नै ठूलो, गह्रौ तौल भएकको र विशेषत युवा वर्गले मन पराउने भन्ने बुझिन्छ । एक्लै लामो होस् वा छोटो दुबै किसिमको यात्रामा निस्कनेहरुको रोजाइमा रोयल इन्फिल्डका मोटरसाइकल पर्ने गर्छन् ।
अब भने कम्पनीले पाको उमेर भएका र महिला राइडरले पनि चलाउन सक्नेगरि कम तौल भएका मोटरसाइकल उत्पादनलाई अन्तिम चरणमा पुर्याएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो ग्राहक विस्तार गर्ने रणनीति अनुसार हलुका र कम सीसी क्षमताका मोटरसाइकल उत्पादन गर्न लागेको हो ।
अबको ४ महिना भित्र बजारमा आउने मोटरसाइकललाई कम्पनीले रोयल इन्फिल्ड एक्सप्लोरर ब्राण्डमा ‘जे१सी’ कोड नेम दिएर निर्माण गरिरहेको छ । नयाँ ब्राण्ड अन्तर्गत बन्ने मोटरसाइकल २५० सीसी क्षमताको हुने अनुमान गरिएको छ । तर, यसको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
रोयल इन्फिल्डले यसअघि नै सन् २०२० बाट हरेक क्वाटरमा एउटा नयाँ मोडल ल्याउने घोषणा गरिसकेको छ । उक्त घोषणा अनुसार यो नयाँ मोडल आउने अनुमान गरिएको छ ।

