कियाको सस्तो एसयूभी सोनेट, फेब्रुअरीमा ग्लोवल प्रिमियर हुने

काठमाडौं । किया मोटर्सले भारतीय बजारमा उत्पादन गरिरहेको नयाँ सबकम्प्याक्ट एसयूभी फेब्रुअरीमा ग्लोवल प्रिमियर गर्ने भएको छ । ‘क्युवाइआई’ कोडनेममा निर्माण भएको उक्त एसयूभीको नाम कम्पनीले ‘किया सोनेट’ राख्ने भएको छ । याे कियाकाे अहिलेसम्मकै सबैभन्दा सस्ताे एसयूभीसमेत हुनेछ ।

भारतमा आयोजना हुने अटो एक्स्पो २०२० मा कम्पनीले यसलाई ग्लोवल प्रिमियर गर्ने छ । 

नयाँ एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्शन, फोर्ड इकोस्पर्ट र महिन्द्रा एक्सयुभी ३००सँग प्रतिस्पर्धा गर्ने गर्छ ।

हुन्डाई भेन्युको  प्लाटफर्ममा निर्माण भएको सोनेटमा भेन्युको पार्टपुर्जा मात्रै नभई इन्जिनसमेत एउटै हुने छ । यसमा उपलब्ध हुने १.२ लिटर डिजेल इन्जिनले ८२ हर्ष पावरका साथै १७२ एनएम टर्क उत्पादन गर्छ, यस्तै, १.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनले ११८ हर्ष पावरका साथै १७२ एनएम टर्क तथा १.४ लिटर डिजेल इन्जिनले ८९ हर्ष पावरका साथै २२० एनएम टर्क उत्पादन गर्छ ।

सोनेटमा पनि सोही इन्जिन लगाइएको छ भने समान गियरबक्स दिइएको छ । यसमा पाँच स्पीड म्यानुअल, ६ स्पिड म्यानुअल तथा ७ स्पीड डबल क्लच अटोमेटिक ट्रान्समिसन दिइने छ । साथै, कियाले सोनेटमा ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प दिने भएको छ ।

कारमा आधुनिक कनेक्टीभिटी फिचर समेटिने छन् । युभीओ कनेक्टीभिटी टेक्नोलोजीको अलवा यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो, ८ इन्चको टचस्क्रिन इन्पmाटेनमेन्ट सिस्टम, सनरुफ तथा रिमोट अपरेशनको साथै क्लाइमेट कन्ट्रोलको फिचर उपलब्ध हुनेछ । 


Back_to_top