बजाजले ल्याउँदै ‘एनएस-२५०’

बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० बजारमा ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले एनएस २५० लाई केटीएम ड्यूक २५० मा आधारित रहेर तयार गरिरहेको अनुमान गरिएको छ ।

केटीएममा बजाजको ठूलो हिस्सा सेयर समेत रहेको र केही समयअघि हस्कभर्ना २५० समेत बजारमा ल्याइसकेको अवस्थामा कम्पनीले बजाज पल्सर एनएस सिरिजमा २५० सीसी क्षमताको मोटरसाइकल ल्याउन लागेको दाबी रिपोर्टले गरेको छ । 

यसमा २४८.८ सीसी क्षमताको एक सिलिण्डर फियुल इन्जेक्सन–लिक्विड कुल्ड इन्जिन दिइने छ । कम्पनीले यसलाई २०२२ को पहिलो क्वाटरमा बजारमा ल्याउने अनुमान गरिएको छ । यसअघि कम्पनीले ल्याएको पल्सर एनएस २०० पनि केटीएम ड्यूक २०० बाट प्रभावित भएर ल्याएको थियो । 

नेपाली बजारमा अहिले पल्सर एनएस २०० को विभिन्न ४ भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । साथै, बजाजको ठूलो मध्येको एउटा निर्यात हुने बजार नेपाल समेत हो ।  


Back_to_top