बिवाइडीको नयाँ इलेक्ट्रीक कार, यस्ता छन् विशेषता

विश्वमा नै सर्वाधिक इललेक्ट्रीक कार बिक्री गर्ने मध्येको एक कम्पनी बिवाइडीले सन् २०२० सुरु भएसँगै नयाँ सेडान कारको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तस्विर ‘बिवाइडी हान’ मोडलको हो ।

कम्पनीले बिवाइडी हान सेडान कारलाई २०१९ संघाई अटो शोमा सार्वजनिक गरेको थियो । इ-स्पीड जिटीमा आधारित रहेर यसको कन्सेप्ट तयार गरिएको थियो । अब यो गाडी बजारमा आउन तयार रहेको जनाइएको छ ।

कम्पनीले यसको बारेमा जानकारी दिन कन्जुसाई गरेपनि यसको प्रोटोटाइप मोडलको आधारमा अन्तर्राष्ट्रि संचारमाध्यमले केही अनुमान लगाएका छन् ।

बिवाइडी आफैँ विश्वकै ठूलो व्याट्री उत्पादक समेत हो । कम्पनीले यसमा पछिल्लो पद्धतिको लिथियम आयोन व्याट्री प्रदान गर्ने अनुमान गरिएको छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेञ्ज प्रदान गर्नेछ । सम्भवत कम्पनीले यसलाई प्लगइन हाइब्रिड मोडलमा पनि ल्याउने अनुमान गरिएको छ ।

अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहने यो कारले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ४ सेकेन्डको समय लगाउने अनुमान गरिएको छ ।


Back_to_top