राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आगामी फागुन १९ (मार्च २) गतेबाट जापानको नारिता एयरपोर्टमा सिधा उडान गर्ने भएको छ काठमाडौं(नारिता उडानको टिकेटिङका लागि निगमले पब्लिक सर्भिस एजेन्ट (पीएसए) सुमेघ टुर्स एण्ड ट्राभललाई नियुक्त गरेको छ। सुमेघ ट्राभलले गत दशै तिहारको समयमा काठमाडौं-नारिता-काठमाडौंकाे सफल चार्टड उडान गरिसकेको छ ।

एयरलाइन्सको योजना अनुसार आगामी फागुन १९ बाट प्रत्येक सोमबार, बुधबार र शुक्रबार काठमाडौ नारिता उडान गर्ने छ । यो उडानको भाडादर एकतर्फि ४० हजार र दुई तर्फि ८० हजार ताेकिएकाे छ । दुईतर्फी उडानको समय १४ घण्टा लाग्नेछ।
हाल जापानको ओसाकामा नेपाल एयरलायन्सले हप्ताको दुई पटक विहीवार र शनिबार सिधा उडान गरिरहेको छ ।


