बीएस ६ रोयल इन्फिल्ड हिमालयन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ लागु भएको मापदण्ड बीएस६ अनुसार नयाँ भर्सन सार्वजनिक गरेको हो । विभिन्न ६ कलरमा सार्वजनिक गरेको यो मोटरसाइकलको कलर अनुसार फरक मूल्य तोकिएको छ ।
ग्रेनाइट ब्ल्याक, स्लीट ग्रे, स्नो ह्वाइट, ग्रेभल ग्रे, लेक ब्लु र रक रेड गरि जम्मा ६ कलरमा सार्वजनिक गरेको हो । भारतमा यसको शूरुवाती मूल्य १ लाख ८६ हजार ८ सय ११ भारतीय रुपैयाँ तोकिएको छ । त्यस्तै यो भर्सनको उच्चतम मूल्य १ लाख ९१ हजार ४ सय ०१ भारतीय रुपैयाँ तोकिएको छ ।
कम्पनीले हिमालयन बीएस६ को बुकिङ पहिला नै खुल्ला गरिसकेको हो । कम्पनीले हालै ६ कलर मध्य तिन नयाँ कलर थप गरेको हो । स्वीच अनअफ गर्न मिल्ने एबीएस, हार्जाड लाइट जस्ता थुप्रै फिचर समेत यसमा थप गरेर सार्वजनिक भएको हो ।
यो मोटरसाइकलले केटीएम एड्भेन्चर ३९०, बीएमडब्ल्यु ३१० जीएस जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली बजारमा समेत बिक्री भइरहेको यो मोटरसाइकल बीएस६ भर्सन भित्रने भने केहि समय लाग्नेछ ।



