मारुती सुजुकीद्धारा कुपे डिजाइन एसयूभीको स्केच सार्वजनिक, अटो एक्स्पोमा ग्लोवल प्रिमियर

अटो एक्स्पो २०२० सुरु हुन दुई हप्ता मात्र बाँकी रहेको छ । यस्तो सबै गाडी उत्पादक कम्पनीहरु आफ्नो प्रडक्ट, कन्सेप्ट र प्रोटोटाइप शोकेस गर्न आतुर रहेका छन् । यस्तोमा मारुती सुजुकीले पहिलो पटक कुपे स्टाईल एसयूभीको डिजाइन बाहिर ल्याएको छ ।

मारुती सुजुकीले फ्यूचरो-ईमा आधारित रहेर तयार गरेको यो डिजाइनलाई अटो एक्स्पो २०२० मा ग्लोबल प्रिमियर गर्ने जनाइएको छ । कम्पनीले सार्वजनिक गरेको स्केचकै आधारमा यो गाडी कस्तो हुनेछ भन्ने अनुमान भने गर्न कठिन रहेको छ ।

तर, मारुती सुजुकीको डिजाइनमा पहिलो पटक कुपे एसयूभी समावेस गर्नुले कम्पनीले भविष्यमा ल्याउने गाडीको रुवरुप कस्तो हुन्छ भन्ने देखाएको छ ।

मारुती सुजुकीले यो डिजाइन ल्याउने क्रममा विश्व बजारमा एसयूभी प्रतिको बढ्दो क्रेज र भारतीय उपभोक्ता कस्तो कार चाहन्छ भन्ने सामान्य सर्भे गरेर ल्याएको जनाएको छ ।

कम्पनीले आफ्नो यो एसयूभी डिजाइन र प्रविधिको उच्च नमुना हुने बताएको छ । इलेक्ट्रीक र ग्यासोलिन दुबै इन्जिनमा आउने नयाँ एसयूभीले भोलिको दिनमा मारुती सुजुकीलाई नयाँ अवसरको ढोका खोल्ने बताइएको छ ।


Back_to_top