महिन्द्रा एक्सयूभी ३०० लाई ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ, यस्ता छन् विशेषता

काठमाडौं । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । गतहप्ता भएको क्र्यास टेष्टमा एक्सयूभी ३०० ले ५ स्टार रेटिङ पाएको हो । योसँगै एक्सयूभी ३००, ५ स्टार रेटिङ पाउने तेस्रो भारतीय उत्पादन भएको छ ।

साथै, चाइल्ड सेफ्टीमा ४ स्टार रेटिङ पाउने यो पहिलो गाडी बनेको छ । यसअघि टाटा नेक्सन र टाटा अल्ट्रोजले ५ स्टार रेटिङ पाएको थियो । यद्यपी यी दुबै गाडीले चाइल्ड सेफ्टीमा ३ स्टार रेटिङ पाएका थिए ।

एक्सयूभी ३०० ले वयस्कहरुको सुरक्षामा निकै उत्कृष्ट अंक पाएको छ । यसले १७ पूर्णाङ्कमा १६.४२ अंक प्राप्त गरेको छ भने बच्चाको सुरक्षामा ४९ पूर्णाङ्कमा ३३.४४ पाएको छ ।

महिन्द्रा एक्सयूभी ३०० मा सुरक्षा फिचरको रुपमा स्टायडर्ड भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, कर्नरिङ ब्रेकिङ कन्ट्रोल, चारै चक्कामा डिस्क ब्रेक, सिट बेल्ट रिमाइन्डर, एयरव्याग एक्टीभेसन स्विच, फ्रन्ट पार्किङ सेन्सर र टप भेरियन्टमा ६ एयरव्याग दिइएको छ ।

यस्तो छ एक्सयूभी ३००

महिन्द्रा एक्सयूभी ३०० सब फोर मिटर एसयूभी हो । यसलाई नेपाली बजारमा अग्नी इन्कर्पोरेट प्रालिले बिक्री गर्दै आएको छ । यसमा उपलब्ध १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ५००० आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा दिइएको १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावर र १५२५ आरपीएममा ३०० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड एमटी ट्रान्समिसन दिइएको छ  ।

एक्सयुभी ३०० को लम्बाई ३९९५ एमएम, चौडाई १८२१ एमएम र उचाई १६१७ एमएम रहेको छ । यसको ह्वील बेस २६००एमएम रहेको छ । २६५ लिटर बुट स्पेश यो गाडीमा पाउन सकिन्छ ।

महिन्द्रा एक्सयूभी ३००मा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार-प्ले, एन्ड्रोइड अटो, टु-ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर-र्याप स्टेयरिङ्ग ह्वील र गियर-नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स-वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।

यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान-टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ ।


Back_to_top