३ लाख ४८ हजारमा डुकाटीको इलेक्ट्रीक स्कुटर

काठमाडौं । सुपर शाकोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक दीगो ग्रुपले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको डुकाटी इलेक्ट्रीक स्कुटरको मूल्य घोषणा गरेको छ । कम्पनीले उक्त इलेक्ट्रीक स्कुटरको मूल्य ३ लाख ४८ हजार निर्धारण गरेको हो ।

यूके बेस इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी सुपर सोकोसँगको सहकार्यमा डुकाटीले आफ्नो पहिलो स्कुटर निर्माण गरेको हो । डुकाटीले मोटोजिपी बाइक निर्माणमा समेत सुपर सोकोसँग सहकार्य गर्दै आइरहेको छ ।

सुपर सोको सीयूएक्सलाई डुकाटीले आफ्नो थेममा इलेक्ट्रीक स्कुटर निर्माण गरेको हो । कम्पनीले सीयूएक्सलाई रातो र सेतो कलरमा पूर्ण डुकाटी थेमको ग्राफिक दिएको छ ।

सीयूएक्स डुकाटीमा ३० एएच लिथिएम ब्याट्री दिइएको छ । यो ब्याट्री साढे ३ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । एक पटकको चार्जमा यो स्कुटरले ७५ किलोमिटर यात्रा गर्न सक्छ ।

यसको टप स्पीड ४१ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा १८० एमएमको रियर तथा फ्रन्ट डिस्क दिइएको छ । सीबीएस ब्रेकिङ सिस्टम रहेको यो स्कुटर १.८ मिटरमा पुर्ण रुपमा रोकिन सक्छ ।

सीयूएक्स डुकाटीमा फुल एलइडी हेडल्याम्प, एचडी क्यामेरा, फुल डिजिटल कन्सोल, जी फोर्स सेन्सर, स्मार्ट फोन कनेक्टेड जस्ता अत्याधुनिक फिचरहरु रहेको छ ।


Back_to_top