३१३ बीएच पावर प्रदान गर्ने नयाँ इलेक्ट्रीक कार ल्याउँदै महिन्द्रा

दुई दिनअघि महिन्द्राले अटो एक्स्पो २०२० मा ४ नयाँ इलेक्ट्रीक गाडी शोकेस गर्ने घोषणा गरेको थियो । कम्पनीले केयूभी १००, एक्सयूभी ३०० र एक्सयूभी ५०० लाई यसअघि नै बजारमा ल्याउने जनाएको थियो । चौथो गाडीको रुपमा कम्पनीले नयाँ कन्सेप्ट एसयूभी ‘फनस्टर’ प्रदर्शनी गर्ने भएको हो ।

महिन्द्राले भविष्यमा बनाउने इलेक्ट्रीक कारको कन्सेप्टको रुपमा यसलाई बजारमा ल्याउने भएको हो । यो कन्सेप्टले उच्चगति र पावर प्रदान गर्ने जनाइएको छ । ६० किलोवाट क्षमताको व्याट्री प्रदान गरिने यो कन्सेप्ट कारले ३१३ बीएच पावर प्रदान गर्ने छ ।

कम्पनीले ल्याउने कन्सेप्ट कारले ० देखि १०० किलोमिटरको रफ्तार ५ सेकेण्डमा भेट्टाउने कम्पनीले जानकारी दिएको छ । महिन्द्राले इलेक्ट्रीक सहित अन्य कार गरेर करिब १८ मोडललाई अटो एक्स्पो २०२० मा प्रदर्शनी गर्ने जनाएको छ ।

महिन्द्राले तत्काल भने केयूभी १०० इलेक्ट्रीक कारको बिक्री सुरु गर्ने जनाएको छ । आगामी अप्रिलसम्ममा यो गाडी नेपाली बजारमा समेत आउने कम्पनी स्रोतले जनाएको छ ।


Back_to_top