भिडियोमा बजाज पल्सर १५० टिडी एफआई, यस्ता छन् परिमार्जन

काठमाडौं । भारतीय युवटुवर डिनोस भल्टले बजाज पल्सर १५० ट्वीन डिस्कको नयाँ इन्जिन सहितको भिडियो सार्वजनिक गरेका छन् । करिब ९ मिनेट लामो भिडियोमा उनले पल्सरमा दिइएको नयाँ फिचर र राइडिङ एक्स्पेरियन्स समेत सेयर गरेका छन् ।

बजाजले आफ्नो चर्चित मोडल पल्सर १५० टिडीमा बिएस ६ मापदण्डको एफआई इन्जिन प्रदान गरेको छ । नयाँ इन्जिनमा तयार भएसँगै यसको मूल्य करिब १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । यसको आधिकारीक घोषणा भने कम्पनीले अहिलेसम्म गरेको छैन ।

कम्पनीले अहिलेको रेगुलर मोडलमा उपलब्ध समान डिस्क ब्रेक नयाँ मोडलमा पनि दिएको छ भने यसमा सिंगल च्यानल एबीएस थप गरिएको छ । डिजिटल र एनालग दुबै मिलाइएको इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । इन्ट्रुमेन्ट कन्सोलमा एउटा नयाँ फिचरको रुपमा इन्जिन वार्निङ लाईट थप गरिएको छ ।

यसमा दिइएको इन्जिनको पावर कति रहेको छ भन्ने विषयमा खुलाइएको छैन । रेगुलर मोडलमा दिइएको १४९.५ सीसी सिंगल सिलिण्डर, एयरकुल्ड ट्वीन स्पार्क डिटिएसआई इन्जिनले भने ८००० आरपीएममा १४ पीएस पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क प्रदान गर्ने थियो । नयाँ इन्जिनले त्यसको तुलनामा केही कम पावर प्रदान गर्ने अनुमान गरिएको छ ।

हेलोजिन हेडल्याम्प, स्प्लीट सिट, क्लीप अन स्टाइल ह्याण्डलबार जस्ता पुरानै फिचर उपलब्ध यो मोटरसाइकलमा एगजस्ट र फियुल ट्याङक प्याडमा परिमार्जन गरिएको छ । कम्पनीले एगजस्टमा नयाँ क्रोम फिनिस समेत दिएको छ ।


Back_to_top