काठमाडौं । होन्डाले आज माघ २० गतेदेखि २२ गतेसम्म पुरानो मोटरसाइकलसँग होन्डाको नयाँ यूनिकर्न १५० साट्न सकिने एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले जस्तोसुकै पुरानो बाइकको कम्तीमा ५० हजार मूल्याङकन दिने तर, न्यूनतम ५० हजार मूल्याङकन होन्डा यूनिकर्न किन्नेले मात्र पाउने जनाएको छ ।
कम्पनीले मोटरसाइकल जस्तोसुकै हालतमा भएपनि हुने जनाएको छ तर, सरकारलाई तिर्ने राजस्व भने नियमित तिरिएको हुनुपर्ने सर्त राखेको छ ।
यो अफर आफ्ना केही शोरुममा मात्र लागु गरेको छ । कम्पनीको कान्तिपथ, भक्तपुरको न्यू प्रकार इन्टरप्राइजेज, कलंकीको बज्र अटो र जोरपाटीको शिबसिद्धी इन्टरप्राइजेजबाट मात्र यो सुविधा पाइने छ ।
यस्तो छ नयाँ यूनिकर्न
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
नेपाली बजारमा फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल पर्छ । कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।
नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ ।
यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।

