सुजुकीको गाडीमा नगद २ लाख २५ हजार छुट, यस्ता छन् अफर

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘खुसीको साँचो’ नाम नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बीमाको सुविधा पाउने छन् ।

कम्पनीले यो अफर योजना नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर नेटवर्कबाट उपलब्ध हुने जनाएको छ ।

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ ।

सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top