नयाँ अवतारमा होन्डा डियो, एफआई इन्जिन र साइलेन्ट स्टार्ट फिचर थपिए

होन्डाले आफ्नो चर्चित स्कुटर डियोको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ डियोमा इन्जिनको अलावा केही कस्मेटिक परिमार्जन समेत गरेको हो ।

भारतीय प्रदुषण मापदण्ड बीएस-६ अनुसार यसमा एफआई इन्जिन दिइएको छ । बीएस-६ आधारित इन्जिनमा आएको डियोको पावर र पर्फमेन्समा भने खासै परिवर्तन आएको छैन ।

कम्पनीले यसको ग्राफिकमा समेत ठुलो परिर्वतन गरेको छ । यसको बडी प्यानललाई अझै बोल्ड बनाइएको छ । यसमा कार्वन फाइवर प्रयोग गरेर आर्कषक लुक्स दिइएको छ ।

यसमा स्मार्ट पावर सिस्टम दिएकाले यसको माइलेज पहिलेभन्दा बढी रहने छ । डियोमा दिइएको नयाँ इन्जिनले ८००० आरपीएममा ७.६८ बीएच पावर र ५२५० आरपीएममा ८.७९ एनएम टर्क प्रदान गर्नेछ ।

होन्डा डियोलाई कम्पनीले आफ्नो नयाँ डिजाइन ल्याङ्गोवजमा तयार गरेको हो । यसमा नयाँ सिग्नेचर एलइडी पोनिसन ल्याम्प, मोर्डन टेलल्याम्प, स्प्लीट ग्रयाभ रेल, बडी ग्राफिक्समा परिमार्जन, फुल डिजिटल स्पीडोमिटर जस्ता विशेषता उपलब्ध रहेको छ ।

यसमा दिइएको इन्फर्मेशन डिस्प्लेमा माइलेज, यात्रा भएको दुरी, इन्धनको अवस्था, औषत इन्धन खपत, रियल टाइम इन्धन बचत, सर्भिस डियु इन्डिकेटर जस्ता विशेषता उपलब्ध रहेको छ ।

साइलेन्ट स्टार्ट फिचरका साथ आएको यो स्कुटरको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक दिइएको छ ।


Back_to_top