सुजुकी कटना आधुनिक नियो रेट्रो डिजाइनमा

ग्रेटर नोयडा । बीएस ६ मापदण्ड अनुरुपका मोटरसाइकल अन्तर्गत जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले अटो एक्स्पो २०२० मा कटना मोटरसाइकल प्रर्दशनी गरेको छ । नियो रेट्रो डिजाइनको यो मोटरसाइकल पहिलो पटक इन्टरमोट शो जर्मनमा सार्वजनिक गरिएको थियो ।

सुजुकी कटना १९८०/९० को दशकमा पपुलर स्पोर्ट टुरिङ मोटरसाइकलको रुपमा लोकप्रिय रहेको थियो । नयाँ सुजुकी कटनामा क्लासिक डिजाइन एलइडी हेडल्याम्पमा देखिन्छ भने, यो मोटरसाइकल आधुनिक नियो रेट्रो डिजाइनमा तयार भएको छ ।

सुजुकीले कनटामा आफ्नो जिएसएक्स एस १००० एफमा रहेको ट्वीन-स्पार फ्रेम प्रयोग गरेको छ । यो फुल एड्जस्ट गर्न मिल्ने कायाबा कम्पनीको ४३ एमएमको यूएसडी फर्क फ्रन्टमा तथा रियरमा लिंक टाइप मोनोशक सेटअप दिएको छ ।

ब्रेकिङमा एबीएस सहित रेडियल क्यालिपर ब्रेम्बो डिस्क ब्रेक प्रयोग गरिएको छ । यसमा रहेको ९९९ सीसी इनलाइन ४ सिलिन्डर इन्जिनले १० हजार आरपीएममा १४७ पीएस पावर तथा १०५ एनएम टर्क ९ हजार ५ सय आरपीएममा जेनेरेट गर्छ ।

फुल कलर टीएफटी कन्सोल तथा तीन लेवलमा चेन्ज गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल फिचर रहेको छ । २१५ किलोग्राम तौल रहेको यो मोटरसाइकल सार्प तथा यूनिक डिजाइन दिइएको छ ।

अटो एक्स्पोमा मोटरसाइकल कम्पीनीको उपस्थिति न्यून रहेको छ । यस्तोमा सुजुकीको प्रर्दशनी स्थलमा आगन्तुकको भीड लागिरहेको छ । यो मोटरसाइकललाई कम्पनीले यस बर्षको अन्त्यमा बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top