काठमाडाैं । टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेनटाइन डेलाई लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्वील्ज अफ लब’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फरवरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना हुने कम्पनीले जनाएको छ । यस अवधिमा सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गर्नेछ ।
यस समयमा ग्राहकले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागि भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछ ।
कार्यक्रम अवधिभित्र सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकहरुलाई कपल माल्दिभस भ्रमण , बुकिङ्ग गर्ने ग्राहकलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा परफ्यूम साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ मात्र गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।


