काठमाडौं । नेपाली बजारमा २५० सीसी मोटरसाइकलको माग बढ्दै गइरहेको छ । यससँगै मध्यम सीसीमा अपग्रेड हुनेको संख्या पनि उल्लेख्य वृद्धि भइरहेको छ । त्यस्तोमा बजारमा ३००/४०० सीसी सेग्मेन्टमा धेरै मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् ।
यससँगै नेपाली बजारमा ३०० देखि ४०० सीसी सेग्मेन्टमा बेनेली ३००, रोयल इन्फिल्ड ३५०, बजाज डोमिनार, यामाहा आर ३, बीएसडब्ल्यु जी ३१० आर, आरआर ३१०, केटीएम डुक ३९० सिएफमोटो ४०० जस्ता मोटरसाइलक उपलब्ध रहेको छ ।
यी मध्य आज हामी तिन मोटरसाइकलको बिषयमा जानकारी दिने छौ ।
१. केटीएम ३९० ड्यूक
केटीएम मोटरसाइकलको नेपालको लागि आधिकारी वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले नेपाली बजारमा केटीएम ३९० ड्यूक बिक्री वितरण गरिरहेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

३९० ड्यूकमा ३७३.२ सीसी लिक्वीड कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले ४३ बीएच पावर ९ हजार आरपीएममा र ३७ एनएम टर्क ७ हजार आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स्स जडान गरिएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै यसमा एबीएस सहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । फुल डिजिटल कन्सोल रहेको यो मोटरसाइकलको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन रहेको छ ।
२. बजाज डोमिनार ४००
एचएच बजाजले नेपालमा नै एसेम्बल गरेको बजाज डोमिनार ४०० मोटरसाइकल ५ लाख २९ हजारमा बिक्री गरिरहेको छ । बजाज डोमिनारमा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर प्रतिघण्टा रहेको छ । यो मोटरसाइकलमा यूएसडी फर्क दिएको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ ।
३. सीएफमोटो ४००
केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा सीएफमोटो ४०० एनके को बिक्री गर्दै आएको छ । ८ लाख ४१ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको यो मोटरसाइकलमा ४००.४ सीसी दुई सिलिन्डर, ८ भल्भ, लिक्वीड कुल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले ४२ हर्सपावर ९ हजार ५ सय आरपीएममा र ३५.४ एनएम टर्क ७६५० आरपीएममा जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपीक र रियरमा एड्जस्टएबल मोनोशक सस्पेन्सन रहेको छ । यसमा एबीएस सहित फ्रन्टमा ३०० एमएमको र रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ ।


