टाटाका ट्रक पनि इलेक्ट्रीक

टाटाले निकै आक्रमक रुपमा इलेक्ट्रीक गाडी उत्पादनलाई तिब्रता दिएको छ । कम्पनीले पछिल्लो उत्पादनको रुपमा इलेक्ट्रीक ट्रक बनाएपछि यसले सबैलाई चकित बनाएको टिप्पणी सुरु भएको हो ।

‘अल्ट्र टी ७’ इलेक्ट्रीक ट्रकलाई कम्पनीले भर्खरै सकिएको अटो एक्स्पो २०२० मा राखेको थियो । योसँगै टाटा इलेक्ट्रीक ट्रक बनाउने भारतको पहिलो कम्पनी समेत भएको छ ।

सहरी क्षेत्रमा सामान ओसार पसार गर्ने उद्देश्यका साथ कम्पनीले ल्याएको यो इलेक्ट्रीक ट्रकले वातावरण प्रदुषण रोक्न निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निकै लग्जरी क्याविनको साथ आएको ‘अल्ट्र टी ७’ चलाउन निकै सहज रहेको बताइएको छ । यसमा कम्पनीले ६२.५ किलोवाटको व्याट्री प्याक दिएको जनाएको छ । ३२८ बीएच पावर क्षमता र २८०० एनएम टर्क प्रदान गर्ने यो ट्रक हेर्नेले निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

‘अल्ट्र टी ७’ लाई एक पटक फुल चार्जगर्दा १२० किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ । ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदाउन सकिने यो गाडी चार्ज गर्न डिसी फार्स्ट चार्जरको प्रयोग गर्न सकिने छ ।


Back_to_top