यस्ता फिचरसहित पाइने छ नयाँ क्रेटाको डिजेल ‘इ’ भेरियन्ट

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आगामी १७ तारिखमा नयाँ जेनेरेशन क्रेटाको भारतमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले भारतीय बजारमा बिक्री सुरु गरेको केही समयपछि नेपाली बजारमा आउने उक्त नयाँ जेनेरेशन क्रेटाको स्टायडर्ड डिजेल भेरियन्टमा उपलब्ध रहने फिचरहरु बाहिर आएका छन् ।

कम्पनीले ल्याउने नयाँ जेनेरेशन क्रेटाको सुरुवाति ‘इ’ भेरियन्टमा डियूल एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, हाइस्पीड अर्लट, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहने छ ।

त्यसैगरी नयाँ क्रेटामा स्पीड सेन्सीङ डोर लक, इम्प्याक्ट सेन्सीङ अटो डोर लक, प्रोजेक्टर हेडल्याम्प, डियूल टोन बम्पर, ब्ल्याक रेडियटर ग्रिल, अगाडि र पछाडि दुई तिर स्कीड प्लेट दिइएको छ । जसले गाडीलाई आकर्षक देखाएको छ ।

कम्पनीले इभेरियन्टमा एलइडी टेल ल्याम्प, बडी कलर रियर स्पोइलर, सिल्भर साइड स्टील गार्निस, सिल्भर बी र सी पिलर गार्निस, ३.५ इन्चको मोनो टिएफटी मल्टी इन्फर्मेशन डिस्प्ले, ग्रे र ब्ल्याक इन्टेरियरको कम्बीनेशन प्रदान गरेको जनाइएको छ ।

त्यस्तै फ्ल्याट बटम स्टेरिङ ह्वील, टिल्ट एड्जस्ट स्टेरिङ, १२ भोल्टको पावर आउटलेट, हाई एड्जस्टेवल ड्राइभर सिट, कुल्ड ग्लोब बक्स, इको कोटिङ सहितको म्यानुयल एसी, पछाडि सिटमा बस्नेको लागि एसी भेन्ट जस्ता विशेषता सुरुवाति भेरियन्टमा नै पाउन सकिन्छ ।

साथै, सेन्ट्रल लक, रिमोट लक, अल राउन्ड पावर विन्डो, पावर एड्जस्टेवल वीङ मिरर, लेन चेन्ज इन्डिकेटर, गियर सिफ्ट इन्डिकेटरको विशेषता रहने नयाँ क्रेटाले कस्तो व्यापार गर्छ त्यसको लागि भने केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top