यामाहाले केही दिनमै सार्वजनिक गर्दै २ नयाँ स्कुटर

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्ल्युले यामाहाको नयाँ स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरेको छ । कम्पनीले हालै मात्र आफ्नो आधिकारीक फेसबुक पेज मार्फत एनम्याक्स सार्वजनिक गर्ने जनाएको हो ।

यो स्कुटर यामाहा एनम्याक्स १५५ रहेको छ भने, अर्को १२५ सीसीको नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी समेत गरेको छ । यसअघि ११० सीसी सेग्मेन्टमा बिक्री भइरहेको यामाहा फेसिनो स्कुटर अब नयाँ संस्करणमा आएको हो । ११० सीसी सेग्मेन्टमा रहेको यो स्कुटर नयाँ इन्जिनमा भारतीय बजारमा केही समय अगाडि सार्वजनिक भएको थियो ।

यामाहाले ११० सीसी सेग्मेन्टका आफ्ना स्कुटरको उत्पादन गरेर १२५ सीसीमा सार्वजनिक गरेको छ । यामाहा फेसिनो १२५ नेपाली सडकमा टेस्टिङको क्रममा देखिएको छ । कम्पनीले यो स्कुटर छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नयाँ यामाहा फेसिनोमा १२५ सीसी सिगंल सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यो सभंवत नेपाली बजारमा पहिलो एफआई स्कुटर हुनेछ । यो इन्जिनले ६५०० आरपीएममा ८ बीएच पावर तथा ५ हजार आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको कुल तौल ९९ केजी रहेको छ ।

यसको लम्वाई १९२० एमएम, चौडाई ६८५ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२८० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

कम्पनीका अनुसार फेसिनो १२५ पहिला भन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यसका साथै पुरानो फेसिनो भन्दा १६ प्रतिशत फ्यूल इफिसेन्ट रहेको छ । कम्पनीका अनुसार यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।

रेट्रो थेम डिजाइनमा रहेको यामाहा फेसिनो १२५ मेटालीक कलर अप्सनले प्रिमियम देखिएको छ । यसमा सीबीएस ब्रेकिङ, स्यान्ड सेन्सर, मल्टि फङसन की, यूएसबी चाजिङ जस्ता फिचर यसमा उपलब्ध रहने छ ।


Back_to_top