काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले विगतमा जस्तै यसवर्ष पनि ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।
गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना हुने उक्त गल्फ प्रतियोगिता आगामी शुक्रवार र शनिवार आयोजना हुने भएको छ ।
प्रतियोगितामा १३० गल्फर्सहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन् । जसमध्येबाट टाईटल विनर, फर्ष्ट रनरअप, सेकेन्ड रनरअप, वेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष माथिको) र जुनियर विनर (१७ वर्ष मूनिको) छनोट हुने छन् ।
यसका साथै अन्य विभिन्न र्शिषकमा विजेतालाई पुरस्कार प्रदान गरिने जनाइएको छ । यदि कसैले ‘होल इन वान’ गर्न सके विजेताले हुन्डाईको ग्राण्ड आई १० जित्न सक्ने छन् ।
हुन्डाईले यस्तो गल्फ प्रतियोगिता विश्वभर गर्दै आएको छ ।

