यस्तो छ बजारमा उपलब्ध इन्ट्री लेवलका सस्ता कारको मूल्यसूची

काठमाडौं । नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालले आफ्ना सदस्य कम्पनीहरुले बिक्री वितरण गर्दै आएका गाडीको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज सार्वजनिक भएका गाडीको मूल्य अनुसार ३० लाखभन्दा कम मूल्यमा आउने इन्ट्रीलेवल कारहरुको बारेमा हामी जानकारी दिने प्रयास गरेका छौं । यहाँ हामीले हुन्डाई सेन्ट्रो, डाट्सन रेडी गो, महिन्द्रा केयूभी १००, मारुती सुजुकी अल्टो, फोर्ड फिगो र टाटा टियागोको बारेमा हामी जानकारी दिन गइरहेका छौं ।

हुन्डाई सेन्ट्रोः नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको हुन्डाई सेन्ट्रो नेपालमा निकै चर्चित मोडल हो ।

लामो समयदेखि नेपाली बजारमा उपलब्ध हुन्डाई सेन्ट्रोले नेपालमा २० वर्ष पुरा गरिसकेको छ । कम्पनीले यसमा १०८६ सीसी क्षेमताको फोर सिलिण्डर इन्जिन दिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले यसलाई सुरुवाति मूल्य २३ लाख ९६ हजार तोकेर बिक्री वितरण गर्दै आएको छ ।

डाट्सन रेडी गोः डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको रेडी गो सस्तो मध्येको एक मोडल हो । ७९९ सीसी क्षमताको रेडी गो पछिल्लो समय निकै राम्रो बिक्री भएको मोडल हो ।

कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आइरहेको छ ।

फोर्ड फिगोः विगत ७ वर्षदेखि नेपाल बजारमा उपलब्ध फोर्ड फिगो नेपालमा सफल मोडलको रुपमा रहेको छ । नेपालको लागि फोर्डको आधिकारीक वितरक जिओ फोर्डले बिक्री गर्दै आएको यस कारमा ११९४ सीसी क्षेमताको इन्जिन रहेको छ ।

कम्पनीले अहिले नेपालमा बिक्री गर्दै आएको फिगोको सुरुवाति मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

रेनो क्वीडः रेनोको लागि नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले रेनोका उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले २०१७ मा नेपालमा रेनोको उत्पादनको बिक्री सुरु गरेको हो ।

रेनो क्वीडमा ९९९ सीसी क्षेमताको इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

सुजुकी अल्टो:  नेपाली सडकमा सबैभन्दा धेरै बिक्री हुने इन्ट्रीलेवल कार अल्टो हो । सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको अल्टोमा ७९६ सीसी क्षेमताको इन्जिन रहेको छ ।

अल्टो अहिलेपनि ट्याक्सीको रुपमा सबैभन्दा धेरै बिक्री हुने मोडल रहेको छ । यसको सुरुवाति मोडलको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

महिन्द्रा केयूभी १००ः महिन्द्रा एसयूभी सेग्मेन्टमा निकै चर्चित रहेको छ । नेपालमा महिनद्राको प्यासेन्जर कार अग्नी इनकर्पोरेटले बिक्री वितरण गर्दै आएको छ ।

महिन्द्राले इन्ट्री लेवल कारको रुपमा बिक्री गर्दै आएको ११९८ सीसी क्षेमताको माइक्रो एसयूभीको सुरुवाति मूल्य २७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

टाटा टियागोः टाटाको ह्याचव्याक कारमा सबैभन्दा ठूलो परिमार्जन गरेको टियागो निकै सफल मोडलको रुपमा रहेको छ । सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको टियागोमा ११९९ सीसी क्षेमताको इन्जिन उपलब्ध रहेको छ ।

 

यसलाई कम्पनीले सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top